StambGuys

StambGuys
guys in picnic

Wednesday, February 24, 2010

News


भुटानी शरणार्थी शिविर, शनिश्चरेमा एकजना शरणार्थीले आफ्नी श्रीमतीलाई आफ्नै घरमा काटेर हत्या गरेका छन् । शनिश्चरे शिविर सेक्टर सी ३, छाप्रो नं. ४५ का नारदमणी रसाइलीको खुकुरी प्रहारबाट उनकी श्रीमती चन्द्रमाया रसाइलीको घटनास्थलमै मृत्यु भएको हो ।४० वर्षीया मृत चन्द्रमायाका पाँचजना छोराछोरी रहेका छन् ।
अभियुक्त नारदमणीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ भने उनी मानसिक रुपमा असन्तुलित रहेको हुन सक्ने प्रहरीको अनुमान छ । यससम्वन्धमा थप अनुसन्धार शुरू भएको पनि प्रहरीले जनाएको छ ।